प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नकाे जवाफ प्रधानमन्त्रीले जवाफ दिने

डिसी नेपाल
१३ असार २०८० ६:५१
44
Shares

काठमाडौं। प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक ११ बजे बोलाइएको छ।

बुधवारको को बैठकमा बिनियोजन विधेयक माथिको छलफल जारी रहनेछ। सोही क्रममा बिनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्रको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन्।

जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुट्याइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ।

मंगलबारको बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *