यस्ताे छ आजको फलफूल तथा तरकारीकाे मूल्य

डिसी नेपाल
१३ असार २०८० १०:०४
312
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य ११० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४३ रुपैयाँ, घिउ सिमी लोकल ८० रुपैयाँ, कुरीलो प्रतिकेजी २०० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४४ रुपैयाँ, नेपाली गोलभेडा ठूलो ४५ रुपैयाँ, टनेल गोलभेडा सानो १२ रुपैयाँ, लौका ७० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, कागती १५० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काक्रो ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १३० रुपैयाँ, अनार ४०० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५८० रुपैयाँ, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ, रहु माछा ३१५ रुपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप ७० रुपैयाँ, हरियो धनिया १५० रुपैयाँ, लोकल लीच्ची ९० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैयाँ, लसुन १६० रुपैयाँ, चाइनिज लसुन २१० रुपैयाँ, छ्यापी सुकेको १३० रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *