हकप्रद सेयर निष्कासन प्रयोजनार्थ अपी पावरको बुक क्लोज मिति तय

डिसी नेपाल
१३ असार २०८० १०:२१
232
Shares

काठमाडौँ अपी पावर कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ। बुधबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले बुक क्लोज मिति तय गरेको हो।

यो कम्पनीले हकप्रद सेयर जारी गर्न आउँदो असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा खरिद आवेदन दिन पाउनेछन्।

कम्पनीले चुक्तापुँजीको १ः०.४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद जारी गर्न अनुमति हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो।

सेबोनले अनुमति दिएमा यो कम्पनीले प्रतिसेयर १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ताको हकप्रद सेयर जारी गर्नेछ। कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *