आजको विदेशी मुद्राको विनिमय दर, चाइनिज युआनकाे भाउ १८ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ।
हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९५ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५५ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ ३५ पैसा र बिक्री दर १४४ रूपैयाँ १ पैसामा काराेबार भएकाे थियाे।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २५ पैसा र बिक्री दर १६७ रूपैयाँ ०१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसामा काराेबार हुनेछ।
उता, चाइनिज युयानकाे १ काे खरिदद १८ रूपैयाँ ८ पैसा र विक्रि दर १८ रूपैयाँ १७ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसा ताेकेकाे छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा कायम गरेकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.४ रुपैयाँ तथा बिक्री दर २८.१७ रुपैयाँ र साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ काराेबार गर्न सकिने जनाएकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment