भारतमा जगन्नाथ रथ यात्राले हाइटेन्सन छुदा ७ जनाको मृत्यु, १८ घाइते

डिसी नेपाल
१४ असार २०८० ८:५०
396
Shares

नयाँदिल्ली। त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ। जसका कारण ७ जनाको मृत्यु भएको छ। सोही क्रममा १८ जना जलेका छन्।

भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ।

प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए। योसँगै धेरै मानिस घाइते भएका छन्।

‘यो घटनाबाट म दुखी छु। मृतकका परिवारजनमा मेरो समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना। यस दु:खद  घडीमा प्रदेश सरकार पीडितहरुको साथमा छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *