हिजो घटेको सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१४ असार २०८० १०:४१
8.7k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भई रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *