नागरिकका समस्या सुन्न रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद

डिसी नेपाल
१४ असार २०८० १२:१३
148
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ। देशैभरि रहेका नागरिकसँग प्रत्यक्षरुपमा जोडिन सहज होस भन्ने उदेश्यले रास्वपाले आफ्ना पार्टीबाट निर्वाचित २१ सांसदमध्ये पार्टी सभापति रवि लामिछानेबाहेक सबैलाई जिल्ला सम्पर्क व्यक्तिको रुपमा जिम्मेवारी दिएको छ।

पार्टी सभापति लामिछानेलाई भने केन्द्रीयरुपमा सबै जिल्ला र पार्टीलाई नेतृत्व गर्नुपर्ने भएका कारण अन्य जिल्लाको जिम्मेवारी नदिइएको रास्वपाले जनाएको छ। रास्वपाले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई धादिङ, बारा कैलाी र कञ्चनपुरको जिम्मेवारी दिइएको छ।

उनी समानुपातिक तर्फका सांसद तथा पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत हुन्। त्यस्तै पार्टीका अर्का नेता तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई गुल्मी,अछाम, दार्चुला र पाल्पाको जिम्मेवारी दिएको छ।

पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची,दैलेख र बाजुराको सम्पर्क व्यक्तिको जिम्मेवारी दिएको रास्वपाले सचेतक निशा डाँगीलाई झापा,मोराङ,इलाम र सल्यानको जिम्मेवारी दिएको छ।

उपनिर्वाचनको मुखैमा नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरि तनहुँ-१ बाट निर्वाचित सांसद डा.स्वर्णिम वाग्लेलाई गोराखा,पर्सा,तनहुँ र बैतडीको सम्पर्क सांसदको जिम्मेवारी पाएका छन् भने मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङको सम्पर्क सांसद तोकिएको छ।

त्यस्तै काठमाडौं-२ बाट निर्वाचत सोबिता गौतमलाई दोलखा,रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट तोकिएको छ। काठमाडौं-७ बाट निर्वाचित सांसद गणेश पराजुलीलाई ओखलढुंगा, खोटाङ, सिराहा र डँडेलधुराको सम्पर्क सांसदको जिम्मा दिइएको छ। समानुपातिक सांसद सुमना श्रेष्ठलाई रसुवा, काठमाडौं, रूकुम (पूर्व) र रूकुम पश्चिमको जिम्मा दिइएको छ।

ललितपुर-२ की सांसद तोसिमा कार्कीलाई ताप्लेजुङ,पाँचथर, डोटी र ललितपुर जिम्मा दिँदा रास्वपाले काठमाडौं-६ का सांसद शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही, र सप्तरीको सम्पर्क सांसद तोकिएको छ।

चितवन-१ का सांसद हरि ढकाल सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुरको सम्पर्क सांसद भएका छन्। डा.चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरीको जिम्मेवारी दिइएको छ।

त्यस्तै असिम शाह काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तुको सम्पर्क सांसद तोकिएका छन्। लक्ष्मी तिवारी प्युठान, नवलपरासी, बर्दिया र बाँकेकी सम्पर्क सांसद भएकी छन्।

अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी परेको छ। विन्दबासिनी कंशाकारलाई स्याङ्जा, बाग्लुङ, मकवानपुर गरी तीन जिल्लाको सम्पर्क सांसद तोकिएको छ।

अर्का समानुपातिक सांसद शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की तथा बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पाको जिम्मेवारी प्रदान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *