समाज रुपान्तरणको अभिभारा पुरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी छः विद्यादेवी भण्डारी
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा पुरा गर्न धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी छन्।
जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भण्डारीले राजनीतिक रुपमा केहि संरचनात्मक परिवर्तन भएपनि क्रान्ति सम्पन्न हुन बाँकी रहेको र समाज रुपान्तरणको अभिभारा पुरा गर्न पनि धेरै लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी हुन्।
उनले जनताको बिचमा गएर परिवर्तनलाई सुधार गर्दै मुलुकलाई समृद्ध बनाउन सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइन्
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा रहेको भन्दै अविचलितरुपमा समाजको रुपान्तणका लागि अघि बढिरहने जिकिर गरे।
उनले भोकमरी र गरिबी नहटेसम्म विकास र मानवअधिकारले कुनै सार्थकता नपाउने धारणा राखे। ओलीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको बताए।
कार्यक्रममा मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी डा मिङमार ग्याल्जेन शेर्पालाई प्रदान गरिएको थियो ।
पुरस्कारमा जनही रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।







डिसी नेपाल







Facebook Comment