उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको पाण्डा प्रजनन केन्द्रको अवलोकन
छेन्दु (चीन)। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गरेका छन्।
पाँचदिने चीन भ्रमणमा रहेका उनले आज उक्त प्रजनन केन्द्रको अवलोकन गरेका हुन् । सो क्रममा केन्द्रका पदाधिकारीले उनलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराएका थिए।
चीनले पाण्डालाई उचित महत्व दिँदै संरक्षणमा जोड दिँदै आएको छ । सो केन्द्रमा करिब दुई सयको सङ्ख्यामा पाण्डा रहेका छन् । पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन् । केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ ।
अशोक घिमिरे\रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment