रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै नेपाल रेमिट, अबदेखि नबिल बैंकमा सिधै रेमिट्यान्स् पाइने
काठमाडौँ। नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र नबिल बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।
सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ। रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स् हेड मनिषा श्रेष्ठले हस्ताक्षर गरे।
नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ। डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ।
जसबाट नेपालमा रेमिट्यान्स भित्र्याइ देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ। यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिंग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव बहादुर थापाले जानकारी दिए।
सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी पहिचान बनाउँदै आएको छ। उत्कृष्ट सेवा, प्रविधिको भरपुर उपयोग र नविनतम उत्पादन सदैव बैंकका मुख्य स्तम्भका रुमपा रहँदै आएका छन्। बैंकले धेरै शाखाबाट सेवा प्रदान गर्नुका साथै कार्ड, विप्रेषण र लगानीमैत्री सेवा गरी सबैखाले बैकिङ सेवाको सुविधा दिँदै आएको छ।
हाल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा २ सय ५५ शाखा कार्यालय, २ सय ८३ एटीमए नेटवर्क, विप्रेषण एजेन्ट र अधिक पीएसओ टर्मिनल्सबाट सेवा उपलब्ध गराइरहेको छ। यस बैकको १ सय ७० अन्तर्राष्ट्रिय बैकहरुसँग सहकार्य रहँदै आएको छ। यस बैकले नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेड मार्फत लगानी समेत गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment