नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ। नागरिक लगानी कोष (सीआइटी) को बोनस सेयर सुरक्षित गर्ने आज (सोमबार असार १८ गते) अन्तिम दिन रहेको छ।
कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्नेछ। जसअनुसार २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्दैछ।
यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार १९ गते बुक क्लोज गर्दैछ। तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ।
लाभांश पारित गर्न यस संस्थाको वार्षिक साधारण सभा असार ३१ गते बस्दैछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। साधारण सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment