इसेवा मार्फत लाइफ इन्स्योरेन्स नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने

डिसी नेपाल
१८ असार २०८० १२:४४
44
Shares

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण गर्दा रू ५० हजार जित्न सकिने भएको छ। आफ्ना प्रयोगकर्तालाई अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले इसेवाले यस किसिमको अफर सार्बजनिक गरेको हो।

यस अफरमा बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले रु !हजार क्यासब्याक(Cashback) प्राप्त गर्न सक्नेछन्। साथै योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले रू ५० हजार जित्न सक्नेछन्।

यो योजना असार २ गतेसम्म सञ्चालन हुनेछ। दैनिक क्यासब्याक बिजेताको घोषणा हरेक हप्त्ताको अन्त्यमा इसेवाको फेशबुक पेज तथा ब्लग मार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इसेवाको फेशबुक पेज मार्फत प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ।

यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड (Verified) भएको हुनुपर्नेछ। यस योजनामा कुनैपनि जीवन बीमा कम्पनीको इसेवा मार्फत नविकरण गर्न सकिनेछ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन्।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *