२१.३२ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्बमाथिको कारोबार
काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो तिर लागेको छ। सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३८६.३५ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज २३ करोड ९४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र नागरिक लगानी कोषको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा सिवाइसि नेपाल लघुवित्त, बिपीडव्लु लघुवित्त र सिटी होटलका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यी तीनवटै कम्पनीको सेयर भाउले बढेको छ।
यता, लक्ष्मी इक्युती फण्ड र सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment