सांगे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर बिक्री खुला

डिसी नेपाल
१९ असार २०८० ११:०८
232
Shares

काठमाडौँ। सांगे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर आज (मंगलबार, असार १९ गते)देखि बिक्री खुला भएको छ। कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री बिक्री खुला गरेको हो। कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आजदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो।

यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। दरखास्त फारम सांगे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ। हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ।

सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन्। कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *