एनएलजी इन्स्योरेन्सले पायो हकप्रद सेयर जारी गर्ने अनुमति
काठमाडौँ। नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। प्राधिकरणले कम्पनीलाई चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो।
प्राधिकरणबाट अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति माग्नेछ। बोर्डले अनुमति दिएपछि मात्रै यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद जारी गर्नेछ।
कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ अर्ब रुपैयाँ पुग्नेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment