१२.७३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम २ अर्ब ५७ करोडमा सिमित

डिसी नेपाल
१९ असार २०८० १५:०९
88
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार पनि सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१७ अंकले घटेर ३८६.३५ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नागरिक लगानी कोष अग्रिम स्थानमा छ। यसको आज १२ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनएलजी इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स को कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेको छ। आजको कारोबारमा सिटी होटल र मानुषी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, बिपीडव्लु लघुवित्त र एनआईबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *