नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौँ। नेपाल धितोपत्र बोर्डसंग नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति माग गरेको छ। बैंकले बोर्डमा असार १९ गते निवेदन दिँदै ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको हो।
कम्पनीले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ‘एनआईएमबी डिबेन्च–२०९०’नामक ऋणपत्र निष्कासन गर्न अनुमति मागेको हो। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ४० लाख ४० हजार कित्ता ऋणपत्र बिक्री गर्नेछ।
बैंकले जारी गर्ने ऋणपत्रमध्ये २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख १६ हजार कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ। यस ऋणपत्र बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment