सामान्य अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२१ असार २०८० १५:१२
100
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सामान्य अंकले सेयर बजार घटेको छ। बिहीबार नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५८ अंकले घटेर ३८२.१६ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज १८ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा प्रभु बैंकको प्रमोटर सेयर र हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

बिहीबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ६ उपसूचक बढेको छ भने बन्किसाबाई उपसूचक घटेको छ। आजको कारोबारमा सिटी होटल र रावा इनर्जी डेभलपमेन्टका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, मोडी इनर्जी र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *