सिनर्जी पावरले पायो हकप्रद सेयर जारी गर्ने अनुमति

डिसी नेपाल
२२ असार २०८० ९:१९
252
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाइ हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति प्रदान गरेको हो।

कम्पनीले २ः१ अनुपातले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बढीको हकप्रद सेयर जारी गर्ने छ।

यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *