फलफूल तथा तरकारीको मूल्य, गोलभेडा १० रुपैयाँले महंगियो
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार गोलभेडाको मूल्य प्रतिकेजी १० रुपैयाँले बढेको छ। बिहीबार औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको ठुलो गोलभेडालाई आज ९५ रुपैयाँ पर्नेछ। त्यस्तै, लोकल सानो गोलभेडा २५ रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा रहेको छ।
त्यस्तै, सेतो आलु ३५ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५४ रुपैयाँ ८० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँ ६७ पैसा, तने बोडी १२८ रुपैयाँ, तने बोडी १२८ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, लाकेल सिमी ११६ रुपैयाँ, टाटे सिमी १३५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ७६ रुपैयाँ, परवर ८६ रुपैयाँ ६७ पैसा रहेको छ।
त्यस्तै, भिण्डी ११५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ६६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४६ रुपैयाँ ६७ पैसा, पार्सले २७५ रुपैयाँ, पुदीना १६५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १५२ रुपैयाँ ५० पैसा, मालदह आँप ७६ रुपैयाँ ६७ पैसा, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँ तोकिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment