कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर

डिसी नेपाल
२२ असार २०८० १४:२५
992
Shares

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति वदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

एमाले कोशी प्रदेशका प्रमुख सचेत सचेतक रेवतीरमण भण्डारीले निवर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीको तर्फबाट रिट दायर गरेका हुन्। रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेश गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको छ।

कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा कुनै दलको पनि बहुमत छैन। गत असार १५ गते विश्वासको मत नपाउँदा तत्कालीन मुख्यमन्त्री कार्की पदमुक्त भएका थिए। कार्की पदमुक्त भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले पाँच दिनको समय सीमा दिएमा संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए।

प्रदेश प्रमुखको आह्वनपछि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता थापाले सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्याएका थिए। सभामुखको हस्ताक्षरलाई अस्वीकार गर्न एमालेले माग गरेपनि हिजो प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *