भोलिसम्म सहमति गर्नुहोस्, आजको बैठक सूचना टाँसेर स्थगित गरौं : सभामुख घिमिरे
काठमाडौँ। सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन्।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, “सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला। संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन। तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ। त्यसका लागि सहजिकरण गर्न म तयार छु। पर्सीसम्मा सहमति गर्नुहोला। आजको बैठक सूचना टाँसेर स्थगित गरौं।”
प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले सदन अवरूद्ध गर्दै आएकाले सभामुख घिमिरेले सो आग्रह गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment