पशुपतिनाथ आरतीमा सहभागी हुँदै राप्रपा अध्यक्ष लिङ्देनले भने- हिन्दुराष्ट्र पुनःस्थापनाको संकल्प गरौं

डिसी नेपाल
२३ असार २०८० २१:३२
168
Shares

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउने शक्तिशाली संकल्प गर्न जनसमुदायलाई आग्रह गरेका छन्।

शनिबार साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्वप्रति जनताको आस्था र विश्वासको उच्च सम्मान व्यक्त गर्दै नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्ने अभियानमा साथ, सहयोग र समर्थनको अपेक्षा रहेको बताएका छन्।

पार्टीका नेता कार्यकर्तासहित आरतीमा पुगेका लिङ्देनले जनताको तागतको बलमा केही वर्षभित्रै नेपाल पुनः हिन्दुराष्ट्र बन्न सम्भव भएको उल्लेख गर्दै मन हिन्दुत्व तर्फ र मत धर्म निरपेक्षतर्फ नगर्न हिन्दु धर्मावलम्बीलाई आग्रह गरेका छन्।

‘आज हामी पशुपतिनाथको आरतीमा छौं,’ लिङ्देनले भने, ‘आजकै दिन हिन्दुराष्ट्र पुनःस्थापनाको शक्तिशाली संकल्प गरौं, कुनै तागतले हिन्दुराष्ट्र पुनःस्थापना हुनबाट रोक्न सक्ने छैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *