सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छः अर्थमन्त्री डा महत
काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका छन्।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले बढ्दो व्यापारघाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताएका हुन्।
उनले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएकाले आन्तरिक वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गरे । कृषि वस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा क्याटरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।
अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको बताए। उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए ।
अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताए । उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे।
उनले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए। अर्थमन्त्री डा महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन चाहेको र सोहीअनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको उल्लेख गरे ।







डिसी नेपाल







Facebook Comment