आजको फलफूल तथा तरकारीको मूल्य, कुरिलाे प्रति केजी २०० रूपैयाँ

डिसी नेपाल
२४ असार २०८० ९:००
3.3k
Shares

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५४, घिउ सिमी लोकल ११०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो  ४५ रुपैयाँ, भारतीय आलु रातो ३६, टनेल गोलभेडा सानो ३५ रुपैयाँ, लौका ८० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ , बन्दा लोकल १० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, कागती १४० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, अदुवा प्रतिकेजी २८० रुपैयाँ रहेको समितिले जनाएको छ।

समितिका अनुसार केरा दर्जन १५० रुपैयाँ, अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,नासपाती ८० रुपैयाँ, किवि ८०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५ रुपैयाँ, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै, मालदह आँप ९० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ, लोकल लीच्ची १४० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, लसुन १९० रुपैयाँ, चाइनिज लसुन २४० रुपैयाँ, रुख कटहर ४० रुपैयाँ, भेडे खुर्सानी ६० रुपैयाँमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *