भगवती हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौँ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ जारी गरेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ७२ हजार ६५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८५ हजार ८१० कित्ता आईपीओ बिक्री खुला गर्ने गरेको छ। आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आईपीओमा पोखरा महानगरपालिकाको वडा नंं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल रहेको छ। यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले साउन ७ गतेसम्म आवेदन दिन पाउनेछन्। तर, स्थानीय जारी गरेको आईपीओमा तोकेको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा साउन २२ गते बैंकिंग समयसम्म आवेदन दिन पाउने छन्।
स्थानीयले काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्।
विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment