अरुण काबेलीको हकप्रद सेयर : आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने
काठमाडौँ। अरुण काबेली पावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आइतबारसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्।
यस कम्पनीले हकप्रद सेयरको लागि साेमबार बुक क्लोज गर्दैछ। तसर्थ, आज आइतबारसम्म कायम रहने सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ। हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ। हकप्रद जारी गरेपछि चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment