महिला लघुवित्तको प्रायोजनमा निःशुल्क दन्त शिविर सम्पन्न

डिसी नेपाल
२४ असार २०८० ११:४२
40
Shares

काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ।

संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तरगत प्रायोजन गरी रामेछाप जिल्ला स्थित गोकुलगंगा नगरपालिका –४ स्थित जनजागृत माध्यामिक विद्यालयमा तीन दिने निःशुल्क दन्त शिविर शनिबार सम्पन्न गरिएको हो। विद्यालयमा अध्ययनरत विध्यार्थी र अभिभावकहरुको निशुल्क दन्त जाँच गरिएको थियो। शिविरबाट करिव ३ सय जना लाभान्वित भएका छन्।

गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने र महिला अधिकार तथा विकास केन्द्रका उपाध्यक्ष उमा भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो। शिविरमा दन्त चिकित्सक डा.विजिता गौतम नेतृत्वको टोलिले दन्त परिक्षण गरिएको थियो।

शिविरको अवसरमा सोही विध्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई खेलकुद र अध्ययन सामाग्री समेत वितरण गरेको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *