बिदेशी मुद्राकाे बिनिमय दर, कति पुग्यो डलरको मूल्य ?

डिसी नेपाल
२५ असार २०८० ८:२९
1.5k
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६९ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँ रहेको छ।

हिजो अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसामा काराेबार भएकाे थियाे भने युरो एकको खरिद दर १४३ रूपैयाँ ७३ पैसा र बिक्री दर १४४ रूपैयाँ ३९ पैसामा खरिद बिक्री भएकाे थियाे।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.५८ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९७ पैसा कायम गरिएकाे छ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, रहेको छ भने बिक्री दर १७०.३५ रुपैयाँ तथा दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसामा काराेबार हुनेछ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र बिक्री दर ३५.३७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयामा काराेबार गर्न सकिनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *