प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढ्यो
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ। यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ।
२१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ ।
कुल ४२ वटा कारोबार भएको छ। १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment