दिल्ली डुब्ने खतरा, यमुनाको जलस्तर तीव्र गतिमा बढ्दै

डिसी नेपाल
२५ असार २०८० १३:५४
1.4k
Shares

काठमाडौं । लगातार भारी वर्षाको बीचमा दिल्लीमा बाढीको खतरा छ। यमुना नदीको पानीको बहाव लगातार बढ्दै गएको र मंगलबार खतराको निशान नाघेको छ ।

दिल्ली सरकारका मन्त्री आतिशीले भनेकी छिन् कि उनको सरकारले यो अवस्थासँग जुध्न तयारी गरिरहेको छ।

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले भनिन्, “यमुनामा पानी तिब्र गतिमा आउँदैछ। हिजो बिहान प्रतिघण्टा करिब ४५ हजार क्युसेक पानी छाड्दै आएको थियो। अहिले प्रतिघण्टा करिब तीन लाख क्युसेक भएको छ। यसका लागि ३६ देखि ४८ घण्टा लाग्छ। भोलि बिहान १० देखि ११ बजेसम्म यमुनाको पानी खतराको तहमा पुग्छ भन्ने हामीलाई लाग्छ ।

विगत दुई दिनदेखि परेको वर्षाका कारण दिल्लीलगायत देशका धेरै सहरका सडकमा पानी जमेको छ । हिमाचल प्रदेशमा ठूलो विनाश भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *