महँगी घट्यो, रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि

डिसी नेपाल
२६ असार २०८० ६:००
7.6k
Shares

काठमाडौं, असार २५ गते । मुलुकको वर्तमान आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अर्थतन्त्र सकारात्मक रहेको देखाएको हो ।

मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतिका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कले सकारात्मक देखाएको छ । चालु वर्षको जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.७३ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा महँगी घटेको हो ।

यो वर्षको जेठ महिनामा मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । त्यस्तै, रेमिट्यान्स नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको बैंकले जनाएको छ । यस्तै शोधनान्तर स्थिति पनि वचतमा देखिएको छ ।

यस्तै, वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको छ । आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ । विदेशि विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेकोे छ ।

चालु आर्थिक वर्षको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई जेठ मसान्त आइपुग्दा १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ ।चालु आर्थिक वर्षको आठ महिनामा काठमाडौं उपत्यकाको मूल्यवृद्धि ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत रहेको छ ।

२०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा रेमिट्यान्स ११ खर्ब रुपियाँ नाघेको छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार चार १५ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २ सय ६२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार ११ महिनामा वस्तु निर्यात २२.७ प्रतिशत घटेको जनाएको छ । जसमा वस्तु आयात १४ खर्ब ३ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।

भारततर्फ हुने निर्यातमा ३२.२ प्रतिशतले कमी हुँदा चीनतर्फ १०६.७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, तयारी पोशाकको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको बैंकले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्षको एघार महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड कायम भएका छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट १४.८ प्रतिशत, चीन १७.१ प्रतिशत तथा अन्य मुलुकबाट १८.५ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७९÷८० को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । त्यस्तै, नेपाल राष्ट्र बैंकका अुुसार जेठ मसान्तसम्म चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाताको जेठ मसान्तसम्म ५३ करोड ६१ लाखले घाटामा रहेको छ । जेठ मसान्तसम्म पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड कायम भएको छ ।

खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रहेको थियो । जेठ मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर अहिले १ अर्ब ७४ करोडले बचतमा रहेको छ । जेठ महिनासम्ममा आउँदा विदेशि विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेको तथ्यांक सार्वजनीक गरेको छ ।

चालु आर्थिक वर्षको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्त आईपुग्दा १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु।१५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई रु। १५९ अर्ब ६३ करोड पुगेको छ । २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

राष्ट्र बैंक अनुसार आर्थिक वर्ष २०७९/८० को एघार महिनामा संघीय सरकारको कुल खर्च ११ खर्ब ७६ अर्ब ७ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च ८ खर्ब ७७ अर्ब ३९ करोड, पुँजीगत खर्च १५ खर्ब ३ अर्ब ८ करोड र वित्तीय व्यवस्था खर्च १४५ अर्ब ५९ करोड भएको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजश्व परिचालन ८ खर्ब ३६ अर्ब ८५ करोड भएको छ । यस अन्तर्गत कर राजस्व ७५९ अर्ब र गैर कर राजस्व ७७ अर्ब ८५ करोड परिचालन भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १५७ अर्ब ३६ करोड (३.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५५२ अर्ब ७१ करोड (१३.५ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय

संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ । २०७९ जेठ मसान्तमा १९९६.२६ रहेको नेप्से सूचकाङ्क २०८० जेठ मसान्तमा २०४२.०७ कायम भएको छ । धितोपत्र बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब २० करोड कायम भएको छ । २०७९ जेठ मसान्तमा बजार पुँजीकरण २८खर्ब ४४ अर्ब ११ करोडरहेको थियो । गाेरखापत्र दैनिकबाट

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *