जोशी हाइड्रोपावरको हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट
काठमाडौँ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ः०.६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त गरेको छ। सोमबार कम्पनी र क्यापिटलले हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन्। हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment