२९ असारबाट एकीकृत कारोबार सुरु गर्दै लक्ष्मी र सनराइज बैंक
काठमाडौँ। लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर २९ असारबाट एकीकृत कारोबार सुरु हुने भएको छ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असारमा अन्तिम स्वीकृति दिइसकेको छ। दुवै एक भएपछि अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ।
यसअघि दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए। दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ। १०० प्रतिशतको स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।
यता २९ असारदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको २७ र २८ असारमा सबै सेवाहरु अवरुद्ध हुनेछन्।







डिसी नेपाल







Facebook Comment