४.७३ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२६ असार २०८० १५:१७
92
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ अंकले बढेर ३८८.८६ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २८३ कम्पनीको ७९  लाख ८८ हजार ९८६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज १२ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र सोल्टी होटलको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा हिमालयन पावर पार्टनर र एनआईबिएल समृद्धी फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिंगटी हाइड्रो इनर्जी र स्वेत गंगा हाइड्रो पावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *