आजको विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर ९९ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसा तथा युरोपियन युराे एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा कायम गरिएकाे छ।
हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसामा काराेबार भएकाे थियाे भने युरो एकको खरिद दर १४४ रूपैयाँ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसामा खरिदबिक्री हुन पुगेकाे थियाे।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसामा किनबेच गर्न सकिने जनाएकाे छ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसामा पाइनेछ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा कायम गरेकाे जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२३रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा काराेबार गर्न सकिनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment