ललिता निवास प्रकरण : चौथो दिन पनि सुनुवाइ

डिसी नेपाल
४ साउन २०८० ८:०४
92
Shares

काठमाडाैं। ललिता निवास प्रकरणअन्तर्गत बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज (बिहीबार) चौथो दिन पनि सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार तेस्रो दिन पनि बहस हुँदाहुँदै समय सकिएपछि आज पनि जारी रहने भएको हो।

उक्त प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई पक्राउ गरी थुनामा राख्ने निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्च पुगेका थिए।

यसअघि उनीहरूको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाएको थियो । सबै पक्षको लिखित जवाफ परेपछि अन्तिम सुनुवाइ सोमबारबाट भएको हो।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ। बुधबार सरकारी वकिलहरूले बन्दीको निवेदन, यसअघि १७ जनाले दायर गरेको रिटमा बहस गर्दै सरकारको भ्याकेटका बारेमा इजलासमा बहस गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.