सानेपामा मनाइयो गगन थापाको जन्मदिन

डिसी नेपाल
४ साउन २०८० १८:३७
1.4k
Shares

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।

केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो । उनको जन्मदिन केक काटेर मनाइएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको तेस्रो दिन ३५ जना सदस्यहरुले धारणा राखेका थिए।

बैठकमा बिभिन्न १० वटा एजेण्डामाथि सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम लगाएत ३५ जना सदस्यहरुले धारणा राखेका हुन् ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरुले पार्टीभित्र वादविवाद गर्नुभन्दा पनि पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै उनीहरुले मुलुकको परिवर्तनको नेतृत्व कांग्रेसले लिने गरि अघि बढ्नुपर्ने धारणा पनि राखेका थिए ।

मङ्गलवारदेखि शुरु भएको बैठकमा छलफलका लागि महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको पार्टीका १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेश गरेको वार्षिक कार्य योजनाका साथै विभिन्न समितिहरूका तर्फबाट पेश भएका प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ । बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.