लघुवित्त पीडित र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेल (फाेटाेसहित)
काठमाडाैं। लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै संसद भवन घेराउ गर्न खोज्ने केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा संसद भवन घेराउ गर्न खोज्दा केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौंको माइतिघरबाट बानेश्वरतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो। आन्दोलनमा सहभागीहरुले लघुवित्तका कारण आफूहरु पीडित भएको भन्दै सरकारले समस्या समाधान गर्नुपर्ने माग गरेका थिए। उनीहरुले आफ्ना माग पुरा नभए घर नफर्कने समेत बताएका छन्।

नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगाएतका ५ बुँदे माग अघि सार्दे देशभरका लघुवित्त पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन्।


















No ads found for this position

डिसी नेपाल
Facebook Comment