कोशी प्रदेशमा मध्यावधि निर्वाचनको चर्चा, रास्वपा चुनाब लड्ने
काठमाडौं । कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना उच्च देखिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभाको निर्वाचन भए आफ्नो पार्टीले चुनाबमा भाग लिने विषयमा निर्णय लिने बताएकाे छ।
पार्टीका उपाध्यक्ष डिपी अर्यालले डिसी नेपालसँग कुरा गर्दै आफ्नो पार्टीले चुनाबमा भाग लिने विषयमा निर्णय लिने बताएका हुन्।
‘हामी पहिले पनि प्रदेशसभाको विरोधमा निर्वाचनमा सहभागी नभएका होइनौं, अहिलेको संरचनालाई परिवर्तन गरौं भन्ने हाम्रो प्रस्ताव हो’ उनले भने ‘हामीले अहिलेको संविधानलाई मानेको हुनाले यही संविधानमा भएका व्यवस्था अनुसार नै अगाडि बढ्छौं ।’
रास्वपाले यसअघि प्रदेश सभाको महिलेको मोडलमा असहमति जनाएको थियो। उसले प्रदेश मन्त्रिपरिषद र सांसदहरु रहने अहिलेको संरचनाको सट्टा केन्द्रको मातहत रहने संरचना प्रस्ताव गरेको थियो।
‘हामीले प्रस्ताव गरेको संरचना हामीले जनताको मत पाएर संविधान संशोधन गर्ने हैसियतमा पुगेपछि बनाउने भनेका हौं’ अर्यालले भने ‘हामी त्यो हैसियतमा नपुग्दासम्म हामीले विद्यमान संवैधानिक व्यवस्था नै मान्छौं ।’
कोशी प्रदेशमा अहिलेकै गठबन्धन रहिरहेमा स्थिर सरकार गठन हुने सम्भावना देखिँदैन । र अझै केही महिनासम्म यही अवस्था रहिरहे प्रदेश सभा विघटन गरेर निर्वाचनमा जानुपर्ने हुन सक्छ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मध्यमवधि निर्वाचनमा जान प्रस्ताव गरिसकेका छन् ।







डिसी नेपाल








Facebook Comment