संसदीय समितिले पूर्णता नपाएसम्म बैठकमा सहभागी नहुने योगेश भट्टराईको स्पष्टोक्ति
फाइल
काठमाडौं। सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन्।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारे।
संसदीय प्रक्रियाअनुसार संसद् र समितिहरु चल्न नसकेको भन्दै उहाँले गठबन्धनका कारण समितिहरुले पूर्णता पाउन नसकेको दाबी गरे।
“सत्तारुढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले बोक्न चाहन्न”, उनले भने, “संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए सम्भवत हामी समितिका यसपछिका कुनै पनि बैठकमा उपस्थित हुँदैनौँ । सभापतिलाई यसबारे अग्रिम जानकारी गराउन चाहन्छौँ ।”
संसद् प्रभावकारीरुपमा चल्न नसक्दा मुलुकको राष्ट्रिय एकताको प्रतीक संसद् बन्न नसकेको उनले जिकिर गरे।
“प्रतिपक्षी दल एमालेले कुनै भागबन्डा मागेको छैन । यद्यपि लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने अभ्यास छ । गठबन्धनले यो पनि दिन चाहँदैन भने हामीलाई चाहिँदैन । तर संसदीय प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ”, उनले भने। समितिले काम सुरु गरेको तीन महिनासम्म पनि सभापति चयन हुन नसक्नु राम्रो नभएको उनको भनाइ छ ।







डिसी नेपाल








Facebook Comment