साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने गोविन्द केसीको चेतावनी

डिसी नेपाल
१५ साउन २०८० १५:०६
208
Shares

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले सिटिइभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति नबनाए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।

साथै उनाले सरकारी स्वास्थ्य संस्थाहरुवाट निशुल्क औषधि तथा उपचार प्रदान गर्नु पर्ने कानुनी प्रावधान कडाईका साथ लागु गर्ने लगायत २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न माग गरेका छन्।

स्वास्थ्य शिक्षाका विभिन्न विषयहरुमा सिटिइभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नसकेको उनको भनाइ छ । पछिल्लो समय चिकित्सा क्षेत्रको मुख्य नियामक निकाय चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भएको उनले आरोप लगाएका छन्।

डा केसीले एकिकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरुमा विद्यमान शैया अनुरुप स्थायी दरवन्दीको व्यवस्था गर्नुपर्ने लगाएतमा माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *