केहि व्यक्ति खराब हुँदैमा राजनीतिलाई नै खराब भन्न मिल्दैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई दुषित गर्न नहुने बताएका छन् ।
सोमबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित युगदूत विमोचन तथा स्रष्टा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सबै नीतिहरुको मुहान राजनीति भएकाले यसलाई दुषित गर्न नहुने बताएका हुन् । राजनीतिमा लागेका केहि व्यक्ति खराब हुन सक्ने भएपनि समग्र राजनीतिलाई नै खराब भन्न नमिल्ने उनले बताए ।
ओलीले सुन्दर र आधुनिक भविष्य निर्माण गर्न दू्रत गतिले अघि बढ्नुपर्ने र समाजको विकास गर्नुपर्ने जिकिर गरे । उनले अब मुलुकमा ३३ प्रतिशत महिला सहभागीताको लडाई सकिएको र त्यसभन्दा बढि बढ्नुपर्ने उल्लेख गरे ।
उनले अन्य धेरै बिकासित देशहरुमा ३३ प्रतिशत सहभागीता पुर्याउन अझै बाँकी रहेको बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment