सरकारका कारण सदनको गतिरोध लम्बिएको एमाले सांसद वर्तौलाको आरोप
काठमाडौं। नेकपा एमालेका सचेतक महेश वर्तौलाले सरकारका कारण सदनको गतिरोध लम्बिएको आरोप लगाएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै वर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने एमालेको माग सरकारले अस्वीकार गरेकै कारण सदनको गतिरोध लम्विएको आरोप लगाए।
उनले सदन सूचारु गरेर एमालेले आफ्नो धारणा राख्ने र सम्बन्धीत मन्त्रीहरुको जवाफका आधारमा आगामी कदम चाल्ने तयारी गरेपनि सरकार पक्ष नै सुचना टास गरेर सदन स्थगीत गर्ने पक्षमा देखिएको बताए।
कार्यव्यवस्था परामर्श समितिमा पनि कुनै पनि हालतमा उच्चस्तरीय छानविन समिति नबनाउने अडान सरकार पक्षले राखेको उनले बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment