सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

डिसी नेपाल
१६ साउन २०८० १६:३७
160
Shares

काठमाडौं। सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलबार सिंहदरबारमा परिषद्को बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री दाहालसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन्।

आइतबार बिहान प्रधानमन्त्री दाहाल र विपक्षी दलका नेता ओलीबीच सोमबार बैठक बोलाउने सहमति भएको थियो।

आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने बताइएको छ ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *