कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

डिसी नेपाल
१६ साउन २०८० १७:२९
816
Shares

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक नियुक्त भएका छन् ।

प्रदेशसभाका ४७ सदस्यको समर्थनसहित दाबी पेश गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पदमा थापाले नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जनाको समर्थनमा दाबी पेश गरेका थिए ।

सभामुख बाबुराम गोतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.