केन्द्रीय समिति बैठकमा प्रचण्डको गुनासो- माओवादी पार्टीजस्तो बन्न सकेन

डिसी नेपाल
१७ साउन २०८० १३:४२
116
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई  सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पार्टीजस्तो बन्न नसकेको बताएका छन् ।

बुधबार देखि सुरु भएको पाँच दिनसम्म चल्ने केन्द्रीय समितिको बैठक उद्घटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी राजनीतिक पार्टी जस्तो बन्न नसकेको गुनासो गरेका हुन् ।

उनले भने, ‘माओवादी नेता कार्यकर्ताको पंत्ति व्यापक हुँदा पनि सांगठनिक परवाह हुन सकेन। अन्य दलको जस्तो सरकारका प्रभावकारी कामको जनता समक्ष पुर्याउन नेता कार्यकर्ताको तदारुकता देखिएन’।

उनले पार्टी पुनर्निर्माणको प्रक्रिया थाल्न समेत सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई सुझाब दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *