माओवादी बैठक : पहिलो दिन १८ जना सदस्यकाे धारणा

डिसी नेपाल
१७ साउन २०८० १८:३४
60
Shares

काठमाडौं । सत्ता नेतृत्वकर्ता दल माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन बुधबार १८ जनाले आफ्नो धारणा राखेका छन् ।

राजधानीको प्रज्ञाभवनमा सुरु बैठकमा बोल्ने अधिकांस सदस्यहरुले पार्टीलाई जिवन्तता दिन संगठन सुदृढीकरणका विषयमा धारणा राखेको नेता माधव सापकोटाले जानकारी दिए ।

केहि सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएका छन् । आठौ महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहालले आफुखुशी पदाधिकारी चयन गरेकोमा सदस्यहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले पार्टीलाई सही ढंगले चलाउने हो भने सबैले नेतृत्वले चुनावको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका छन् । सदस्यहरुले निर्धक्क र निर्भयका साथ आफ्ना धारणा राख्न सहज हुने भएकाले पनि बैठक लाईभ नगरिएको माओवादीको भनाई छ ।

यसअघि अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनमा जनतासँग जोडिन तीन महिने अभियान संचालन गर्ने, आगामी मंसिरमा पार्टीको विधान सम्मेलन गर्ने लगायत प्रस्ताव गरिएको छ । माओवादीको बैठक आगामी ५ दिनसम्म चल्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.