कोशीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री

डिसी नेपाल
१७ साउन २०८० १९:१९
372
Shares

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापासँगै तीन जना मन्त्रीले शपथ लिएका छन्। सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्री बनेका छन्।

गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्रालय र एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

मंगलबार चार दलको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए। यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका थिए। उक्त कदम संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो।

त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.