संवैधानिक परिषद्को बैठक जारी
काठमाडौं। सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बिहीबार सिंहदरबारमा परिषद्को बैठक बसेको हो।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिको सिफारिस गर्न परिषदको बैठक बस्न लागेको हो।
संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्छ।
तर प्रधान्यायाधीश कार्कीको पदावधि सकिन दुइ दिन बाँकी रहँदा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न परिषद बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री दाहालसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन्।
संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।
आज बस्ने बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ। उनी १४ महिना प्रधानन्यायाधीश हुनेछन्।
श्रेष्ठ न्याय सेवाको तल्लो तह, शाखा अधिकृत जिल्ला न्यायाधीश, उच्च र सर्वोच्च अदालतको न्यायाधीश हुदै करिअरबाट सर्वोच्चको सर्वोच्च पदसम्म पुग्न लागेका न्यायाधीश हुन्।
उनी अहिले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश छन्। संवैधानिक परिषदबाट सिफारिस भइ संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी प्रधानन्यायाधीश हुनेछन्।







डिसी नेपाल








Facebook Comment